च्यम्पियन्स लिगको ड्र सर्वाजनिक : पिएसजीले पायो सहज प्रतिद्वन्द्वी

युइएफाए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल र सेमिफाइनलको ड्र सर्वाजनिक भएको छ । शुक्रबार सर्वाजनिक ड्रअनुसार क्वार्टरफाइलनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहज पोलमा परेको छ ।

पिएसजीको पोलमा इटालिइन क्लब एट्लान्टा, स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब आरबी लेइपजिग छन् । यस्तै अर्को पोलमा रियल मड्रिड-म्यान्चेस्टर सिटी र युभेन्ट्स-लियोन, बार्सिलोना-नापोली र चेल्सी-बार्यन म्यूनिख छन् ।

शुक्रबार सार्वजनिक ड्रअनुसार पिएसजीले एट्लान्टासँग खेल्ने छ भने एट्लेटिको मड्रिडले जर्मन क्लब आरबी लेइपजिगको सामाना गर्ने छ । यी दुई खेलका विजेता सेमिफाइलनमा खेल्ने छन् ।

क्वार्टरफाइनलकै अन्य खेल रियल मड्रिड-म्यान्चेस्टर सिटी र युभेन्ट्स÷लियोन बीच हुनेछ भने बार्सिलोना÷नापोली र चेल्सी÷बार्यन म्यूनिख खेल्ने छन् । यी दुई खेलका विजेता पनि सेमिफाइलनमा भिड्ने छन् ।

कोरोना भाइरसका कारण रियल र सिटी, युभेन्ट्स र लियोन, बार्सिलोना र नापोली तथा चेल्सी र बायर्न म्युनिखबीचको अन्तिम १६को दोस्रो लेग नै बाँकी छ । यी खेल अगस्त ७ र ८मा हुने छ ।

क्वार्टरफाइनल पुग्ने क्रममा पिएसजीले बोरुसिया डर्टमन्ड, लेइपजिगले टोटनह्याम, एट्लान्टाले भ्यालेन्सिया र एट्लेटिको मड्रिडले डिफेन्ड्रिच्याम्पियन लिभरपुललाई हराएका थिए ।

क्वार्टरफाइलनका खेल अगस्त १३ र १५ मा हुने छ भने समेफिाइनल अगस्त १८ र १९ मा हुने छ । यस्तै फाइलन २३ अगस्तमा बेन्फिाकाको मैदानमा हुने छ ।

कोरोना भाइरको महामारीका कारण यो पटक च्याम्पियन्स लिगको फम्र्याट परिवर्तन गरिएको छ । अब क्वार्टरफाइलन र समेफिाइनलका खेल सिंगल लेगका आधारमा हुने छ । क्वार्टरफाइनलदेखिका सबै खेल पोर्चुगलको लिस्बलमा आयोजना हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP