च्याम्पियन्स लिग : साविक विजेता रियल पराजित, युनाइटेट र बायर्न बराबरीमै रोकिए, सिटी र युभेन्टस विजयी

च्याम्पियन्स लिगको समूह चरणको दोस्र खेलमा साविक विजेता रियल म्याड्रिड पराजित भएको छ ।

मंगलबार लुज्निकी स्टेडियममा भएको खेलमा स्पेनिस क्लब रियल म्याड्रिड रुसी क्लब सिएसकेए मस्कोसँग १–० ले पराजित भएको हो ।
मस्कोसँगको हारसँगै रियलस समूहको जीको दोस्रो स्थानमा झरेको छ भने मस्को पहिलो स्थानमा छ ।

मुख्य खेलाडीहरु ग्यारेथ बेल, मार्सेलो र कप्तान सर्जियो रामोसविनै मैदान उत्रिएको रियलविरुद्ध मस्कोले दोस्रो मिनेटमै अग्रता लिएको थियो । त्यसपछि खेलमा गोल हुन नसक्दा रियल मस्कोसँग स्तब्ध हुन पुग्यो ।

खेलको दोस्रो मिनेटमा निकोला भ्लासिचले गोल गर्दै घेरलु मैदानमा मस्कोलाई अग्रता दिलाएका थिए । रियलका गोलरक्षक केलर नाभास र डिफेन्डर राफेल भरानेबीच तालमेल मिल्न नसकेको फाइदा उठाउँदै मस्कोका निकोला भ्लासिचले डि–बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको सुरुवातमै १–० ले पछि परेपछि रियलले आक्रमक फुटबल खेल्दै गोलको लागि निरन्तर आक्रमण गरेको त्यो सफल हुन सकेन । उसका कप्तान करिब बेन्जमा र कासिमिरोको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

खेलको अन्तिम समयमा इगोर एकिनफिभले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि मस्को १० खेलाडीमा सीमित भएको थियो ।

डिबालाको ह्याट्रिकमा युभेन्टस विजयी, सिटीले होफेनहिमलाई हरायो
च्याम्पियन्सलिगकै अन्य खेलमा पाउलो डिबालाबो ह्याट्रिक मद्दतमा इटालियन क्बल युभेन्टस विजयी भएको छ भने इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पनि होफेनहिममाथि विजयी हात पारेको छ ।

समूह एचको दोस्रो खेलमा स्टार क्रिष्टियानो रोनाल्डोविनै मैदानमा उत्रिकएको युभेन्टसले योङ ब्वाइज क्लबलाई ३–० ले पराजित गरेको छ । युभेन्टसको जितमा अर्जेन्टिनी स्टार पाउलो डिबालाले ह्याट्रिक गरे ।

घरेलु मैदानमा ५औं मिनेटमा डिबालाले गोलको खाता खोलेका थिए । यस्तै खेलेको ३३ औं र ६९ औं मिनेटमा गोल गर्दै डिबालाले ह्याट्रिक पुरा गरेका थिए ।

यो जितसँगै युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा भ्यालेन्सियालाई २–० ले पराजित गरेको युभेन्ट्सले अर्को खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

यसैगरी, समूह चरणको पहिलो खेलमा अप्रत्यासित रुपमा घरमै फ्रान्सेली क्लब लियोनसँग पराजित भएको इंग्लिस क्लब म्यान्चेस्टर सिटीले होफेनहिमलाई २–१ ले पराजित गरेको छ । सिटीको जितमा डेबिड सिल्भाले निर्णायक भूमिका खेले । उनले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराएका थिए ।

खेलको पहिलो मिनेटमा नै बेलफोडिलको गोलबाट होफेनहिमले अग्रता लिएको थियो । ७औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । खेल बराबरीतर्फ अग्रसर भइरहेको समयमा ८७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै तीन अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ। राति नै भएको खेलमा शाख्तर डोनेस्कसँग २–२ को बराबरीमा रोकिएको लियोन चार अंकसहित समूहको शीर्ष स्थानमा छ ।

युनाइटेड र बार्यन बराबरीमै रोकिए
घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा स्पेनिस क्लब भ्यालेन्सियासँग गोलरहित बराबरीमै रोकिएको छ । यस्तै जर्मन क्लब बायर्न म्यूनिख पनि अजाक्ससँग घरेलु मैदामै १–१को बराबरीमा रोकियो ।

घरेलु मैदान ओल्डट्राफोडमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई भ्यालेन्सियाले गोलरहित बराबरीमै रोक्यो । इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन गरिरहेको जोसे माउरिन्होको टिम युनाइटेडले च्याम्पियन्स लिगमा पनि खराब प्रदर्शन गरेको छ । च्याम्पियन्स लिगको अघिल्लो खेलमा योङ ब्वाइजलाई पाराजित गरेको युनाइटेडले अब अर्को खेलमा युभेन्टसको सामान गर्ने छ ।

यसैगरी जर्मन क्लब बार्यन पनि घरेलु मैदानमा बराबरीमा रोकिएको छ । उ अजाक्ससँग १–१ को बराबरीमा रोकिएको हो । खेलको चौथो मिनेटमै बार्यनले अग्रता लियो । उसका लागि माट्स ह्युमलेसले गोल गरेका थिए । अजाक्सका नोस्सइर माज्राउइले २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा खेल १–१ को बराबरीमै सकिएको थियो ।

यस्तै च्याम्पियन्स लिगकै अन्य खेलमा इटालियन क्लब एएस रोमाले प्लेजनलाई ५–०ले पारजित गरेको छ भने पोर्चुगलको बेन्फिकाले ग्रीसके एईके एथेन्सलाई ३–२ ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP