पिएसजीका लागि मेसीको पहिलो गोल, पिएसजीले सिटीलाई हरायो

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले फ्रेन्च क्लब पिएसजीका लागि गोलको खाता खोलेका छन् । च्याम्पियनस लिगअन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको इंग्लिस क्लब म्याचेस्टर सिटीविरुद्ध गोल गर्दै मेसीले पिएसजीमा गोलेका खाता खोलेका हुन्।

मेसीले गोल गरेको खेलमा पिएसजीले सिटीमाथि २–०को जित निकाल्यो । पिएसजीका लागि मेसीसँगै खेलमा मेसीले क्लबका लागि इद्रिसा गुयेएले गोल गरेका थिए।

खेलको आठौं मिनेटमै गुयेएले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७४ औं मिनेटमा किलियन एम्बाप्पेको पासमा मेसीले उत्कृष्ट गोल गर्दै सिटीमाथि पिएसजीलाई २–०को जित दिलाए ।

खेलमा पिएसजीमाथि सिटीले दबाब बनाए पनि गोल भने गर्न सकेन । पिएसजीका गोलपिकर जियानलुइजी डोनारुमाले केही उत्कृष्ट बचाउ गरेका थिए ।

खेलमा ५४ प्रतिशत बल पेजेसन बनाएको सिटीले पिएसजीको पोस्टमा १८ सट प्रहार गरेको थियो, त्यसमध्ये ७ सट फ्रेममा थियो। यता, पिएसजीले ६ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

यो जितपछि पिएसजी ४ अंकसहितन समूह एको शीर्ष स्थानमा उक्लिएको छ। सिटी भने तेस्रो स्थानमा झरेको छ । उसको ३ अंक छ । यस्तै, मंलबार राति नै भएको खेलमा जर्मन क्लब आरबी लेइपजिगलाई ३–१ ले हराएको बेल्जियन क्लब क्लब ब्रुग ४ अंकसहित दोस्रो स्थानमा छ।

Facebook Comments Box