च्याम्पियन्स लिगमा चेल्सी र एट्लेटिको तथा बायर्न र लाजियो भिड्दै

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज राति दुई खेल हुँदै छन्। आज राति १ः४५ बजे हुने खेलमा लन्डन क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामाना गर्ने छ भने अर्को खेलमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बार्यन म्युनिखले इटालियन क्लब लाजियोको सामना गर्ने छ।

यी दुई खेलसँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुनि पुरा हुने छ। एफसी पोर्टो, लिभरपुल, पिएसजी, बोरुसिया डर्टमन्ड, रियल मड्रिड र म्यान्चेस्टर सिटी यसअघि नै अन्तिम ८ पुगिसकेका छन्।

घरेलु मैदानमा चेल्सीलाई एट्लेटिकोविरुद्ध केही बलियो देखिएको छ। पहिलो लोगमा एट्लेटिकोलाई उसकै मैदानमा १–०ले हराएकाले उसलाई केही फाइलन भएको हो।

क्वार्टरफाइनल पुग्न चेल्सीलाई बराबरी नै काफी छ भने एट्लेटिकोलाई निश्चित जित आवश्यक छ।

घरेलु मैदानमा आज बायर्न सहज जितको खोजीमा हुनेछ । बायर्न लाजियोलाई सहजै हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । पहिलो लेगमा निकालेको ४–१का् फराकिलो जितले बायर्न सहज अवस्थामा छ ।

घरेलु मैदानमा साँघुरो हार र बराबरीले समेत बायर्न अन्तिम आठमा पुग्ने छ। तर, घरेलु मैदानमा बायर्न जितकै लागि मैदान उत्रने छ। लाजियोलाई भने फराकिलो जित बाहेक अन्य विकल्प रहेको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.