साउथह्याम्पटनसँग हार्‍यो म्यान्चेस्टर सिटी

म्यान्चेस्टर सिटी अप्रत्यासित रुपमा साउथह्याम्पटनसँग पारजित भएको छ । आइतबार राति भएको खेलमा सिटी साउथह्याम्पटनसँग १–०ले पराजित भएको हो ।

चे आडम्सले पहिलो हाफको १६ औं मिनेटमा गरेको गोल नै साउथह्याम्पटनकोलाई जित दिलाउन पर्याप्त भयो । सिटीका किपर एडर्सन अगाडी बढेको अवस्थामा सेन्टर नजिकबाट आडम्सले चलाखीपूर्ण तरिकाले गोल गरेका थिए ।

सिटीले उत्कृष्ट खेल प्रदर्शन ग¥यो, तर गोल गर्न भने सकेन । सिटीले निरन्तार आक्रमण गरेपनि उसको आक्रमण साउथह्याम्पटनको डिफेन्सले क्लियर गरेका थिए ।

७४ प्रतिशत बल पोजेसन बनाएको सिटीले साउथह्याम्पटनको पोस्टमा २१ सट प्रहार गरेको थियो, जसमा ६ सट फ्रेममा थियो । सिटीको अघिकांश उत्कृष्ट प्रहार डिफेन्सले क्लियर गरेका थिए ।

यो हारसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नराम्रो रेकर्ड बनाए । ग्वार्डिओला आफ्नो प्रशिक्षण करिअरमा पहिलो पटक लगातार तीन अवे खेलमा पराजित भए । सिटीले म्यान्चेस्टर युनाइटेड, चेल्सी र साथह्याम्पटनसँग अवे खेलमा पराजित भयो ।

यो जितसँगै साउथह्याम्पटनले ३३ खेलबाट ४३ अंक बनाउँदै लिगको १३औं स्थानमा उक्लिएको छ। लिगको दोस्रो स्थानमा रहेको सिटीको भने ३३ खेलबाट ६६ अंक छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.