हाभर्ट्ज चम्किँदा चेल्सी विजयी

जर्मन विंगल काइ हाभर्ट्जले उत्कृष्ट प्रदर्शन गरेपछि लन्डन क्लब चेल्सी इंग्लिस प्रियिमर लिगमा विजयी भएको छ । हाभर्ट्जको २ गोल मद्दतमा चेल्सीले शनिबार राति भएको खेलमा फुलहमलाई २–०ले हरायो।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा १०औं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले मासन माउन्टको पासमा गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो ।

दास्रो हाफको सुरुआतमै चेल्सीले अग्रता दोब्बर बनायो । चेल्सीका लागि दोस्रो गोल ४९ औं मिनेटमा हाभर्ट्जले नै गरे । यो पटक उनलाई जर्मनकै टिमो वेर्नरले पास उपलब्ध गराएका थिए ।

जितपछि चौथो स्थानमा रहेको चेल्सीको ३४ खेलमा ६१ अंक भएको छ । फुलहम २७ अंक जोडेर १८ औं स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा ब्राइनटले लिड्स युनाइटेडलाई २–०ले हराएको छ। ब्राइटनको जितमा पार्सल ग्रोब र ड्यानी वेलब्याकले गोल गरेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.