लेस्टरलाई हराउँदै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

लेस्ट सिटीमाथि जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। मंगलकार राति घरेलु मैदानान सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१ ले हराउँदै तेस्रो स्थानमा उक्लिउको हो।

जितसँगै चेल्सीले आगामी सिजनको च्यापिम्यन्स लिग फुटबलमा छनोट हुने सम्भावनासमेत बलियो भएको छ । लिगको १खेल बाँकी छँदा चेल्सीको ६७ अंक छ भने चौथो स्थानको लेस्टरको ६६ र एक खेल कम खेलेको पाँचौं स्थानको लिभरपुलेका ६३ अंक छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए । ६६ औं मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

इहिनाचोले खेलको ७६औं मिनेटमा गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि कुनै गोल नुहुँदा चेल्सी २–१ले विजयी भयो ।

योसँगै चेल्सीले गतसाता एफए कप फाइनलमा प्राप्त हारको बदला पनि लिएको छ। फाइनलमा चेल्सी लेस्टरसँग १–०ले पराजित भएको थियो।

Facebook Comments Box