सिटीलाई हराउँदै चेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो

डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गर्दै लन्डन क्लब चेल्सीले च्याम्पियन्स लिग छनोट सम्भावना बलियो बनाएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई २–१ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको हो ।

सिटीलाई हराएसँगै चेल्सीको ३१ खेलमा ५४ अंक भएको छ र उ चौथो स्थानमा छ । समान खेलमा ५५ अंक जोडेको लेस्टरसिटी तेस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ८३ अंक छ भने दोस्रो स्थानको सिटीको ६३ अंक छ ।

स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलुसिच र विलियनले गोल गरे । सिटीको केभिन डेब्रुयनले गोल गरेका थिए । ३६औं मिनेटमा पुलुसिचले सिटीका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै काउन्टर अट्याकमा गोल गर्दै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा ब्रुयनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

७८औं मिनेटमा चेल्सीले पुनः अग्रता लियो । विलियनले पेनाल्टीमा गोल गरेका थिए । फर्नान्डिन्होले गोललाइनमा बल हातले रोकेपछि चेल्सीले पेनाल्टी पाएको थियो भने फर्नाडिन्होले रातो कार्ड । त्यसपछि १० खेलाडीमा सीमित बनेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.