चेल्सीमाथि आर्सनलको सानदार जित

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई उसकै मैदानमा ४–२ले हरायो।

स्टामफोर्ड ब्रिजमा आर्सनललाई जित दिलाउन इडिइ एनकेइटाले दुई गोल गरे भने इमिल स्थिम रो र बुकायो साकाले पनि गोल गरे । चेल्सीका टिमो वेर्नर र सेसर एजप्लिक्वेटाले गोल गरे ।

१३औं मिनेटमा एनकेइटाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए । आर्सनलको अग्रता धेरै समय टिकेन । १७औं मिनेटमा टिमो वार्नरले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए।

२७औं मिनेटमा स्मिथ रोले गोल गर्दै खेलमा आर्सनललाई पुनः अग्रता दिलाए। त्यसको ५ मिनेट पछि नै चेल्सीले खेललाई पुनः बराबरीमा ल्यायो। ३२औं मिनेटमा कप्तान एजप्लिक्वेटाले गोल गरे।

पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलमा ५७औं मिनेटमा एनकेइटाले पुनः आर्सनललाई अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा साकाले पेनाल्टीमा गोल गरेपछि आर्सनले ४–२ले विजयी भयो।

जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक जोड्दै पाँचौँ स्थानमा छ। चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ।

यस्तै अन्य खेलमा एभर्टन र लेस्टरसिटीले १–१ को बराबरी खेल्दा न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसमाथि १–०को जित निकाल्यो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पञ्जाबमाथि दिल्लीको सानदार जित
Next post युभेन्टस कोपा इटालियाको फाइनलमा
Close