चेल्सी र आर्सनल कारबाओ कपको क्वार्टरफाइनलमा

Read Time:1 Minute

चेल्सी र आर्सनल कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ले हराउँदा आर्सनलले लिड्स युनाइटेडमाथि २–०को जित निकाल्यो ।

चेल्सी र साउथह्याम्पनबीचको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । चेल्सीका मार्कोस ओलन्सो, कालुम हडसन–ओडोई, बेन चिलवेल र जेम्सले गोल गरे भने साउथह्याम्पटनका एडम आर्मस्ट्रङ, शाने लङ र ओरियल रोमोउले गोल गरे। पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका थियो वाटकट र विलिम्स स्मलबोनले गोल गर्न सकेनन् भने चेल्सीका मासन माउन्ट पनि चुके।

खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो। खेलको ४४औं मिनेटमा काई हाभर्टजको गोलबाट चेल्सीले अग्रता लिएको थियो। दोस्रो हाफको सुरुमै साउथह्याम्पटनका चे एडम्सले बराबरी गोल फर्काएका थिए।

यसैगरी अर्को खेलमा लिड्स युनाइटेडमाथि २–०को जित निकाल्दै आर्सनल क्वार्टरफाइनलमा स्थान बनाएको छ। आर्सनलको जितमा कलुम चाम्बर्स र एडी एनकेटियाले गोल गरे ।

५५औं मिनेटमा चाम्बर्सले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए। त्यसपछि ६९औं मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० विश्वकपमा पाकिस्तानको लागातार दोस्रो जित, न्युजिल्यान्ड ५ विकेटले पराजित
Next post जिरुडको निर्णायक गोलमा एसी मिलान विजयी
Close