चेल्सी र आर्सनल एफए कपको सेमिफाइनलमा

चेल्सी र आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई १–० आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ले हरायो ।

चेल्सीले लेस्टर सिटीलाई उसकै मैदानमा १–०ले हरायो । चेल्सीलाई जित दिलाउन रोस बार्कलीले निर्णयाक गोल गरे । उनले ६३औं मिनेटमा विलियनको पासमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमै चेल्सीले अग्रता लिएको थियो । टमी इब्राहिमको गोललाई अफसाइड दिइएको थियो । खेलमा दुवै टिमले गोलका केही राम्रा अवसर खेर फालेका थिए ।

यसैगरी आइतबार नै भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ले पराजित गर्दै आर्सनल सेमिफाइनलमा पुगेको छ । सेफिल्डको मैदानमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले एक एक गोल गरे । सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।

२५ औं मिनेटमा पेपेको गोलमा आर्सनलले अग्रता लियो । उनले पेनाल्टीमा गोल गरेका थिए । तर, ८७ औं मिनेटमा म्याकगोल्ड्रिकले गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्जुरी समयमा डानी सेबायोसले गोल गर्दै आर्सनललाई अन्तिम चारको यात्रा तय गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *