ब्राइटनसँग रोकिएपछि उपाधि यात्रामा चेल्सीलाई धक्का

Read Time:1 मिनेट

लन्डन क्लब चेल्सीको प्रिमियर लिग उपाधि जित्ने यात्रामा ब्राइटनले धक्का दिएको छ। मंगलबार राति भएको खेलमा ब्राइन्टले चेल्सीलाई १–१ गोलको बराबरीमा रोक्दै उपाधि यात्रामा धक्का दिएको हो।

ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफमा गोल गरेको थियो । दोस्रो हाफमा घरेलु टोलीले बराबरी गोल फर्कायो ।

खेलको २८ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ६० औं मिनेटमा ब्राइटनका एडम वेब्स्टरले गोल गरे ।

यस बराबरीपछि चेल्सीको २३ खेलबाट ४४ अंक भएको छ । दुई खेल कम खेलेको लिभरपुलभन्दा चेल्सी अझै १ अंङ्कले पछि छ । म्यानचेष्टर सिटी २२ खेलबाट ५६ अंकसहित शीर्ष स्थानमा छ । ब्राइटन २९ अंक जोडेर नवौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अलमुताइरीले बनाए संकटाका प्रशिक्षक विष्णु गुरुङलाई राष्ट्रिय टिम सहायक प्रशिक्षक
Next post पिएम कप फाइनल : उपाधिका लागि एपिएफले दियो पुलिसलाई १५८ रनको लक्ष्य
Close