सुरुआती अग्रता जोगाउन नसक्दा ब्राइटनसँग रोकियो चेल्सी

Read Time:1 मिनेट

इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीका रोमेलु लुकाकुले गोल गर्दा ब्राइटनका ड्यानी वेलवेकले गोल फर्काए। खेलको २८औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए। उनले मासन माउन्टको पासमा हेडमार्फत गोल गरेका थिए। इन्ज्युरी समयको पहिलो मिनेटमा ड्यानी वेलवेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए।

बराबरीपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २० खेलबाट ४२ अंक पुगेको छ। चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ८ अंकले पछि पर्दा एक खेल कम खेलेको लिभरपुलभन्दा १ अंकले अघि छ। ब्राइटन १८ खेलबाट २४ अंक जोडेर १०औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेन्ट्रल जोन भलिबल उपाधि विजेता नेपाली टिमलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने
Next post सिटीलाई शीर्ष स्थानमा ८ अंकको अग्रता
Close