लुकाकुको गोलमा चेल्सीको विजयी, युभेन्टसले माल्मोलाई हरायो

डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगमा विजयी सुरुआत गर्दा इटालियन क्लब युभेन्टस पनि विजयी भएको छ। मंगलबार राति भएको खेलमा रोमेलु लुकाकुको निर्णायक गोल मद्दतमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १–० ले हराउँदा युभेन्टसले स्विडिस क्लब माल्मोमाथि ३–०को जित निकाल्यो।

चेल्सीलाई घरेलु मैदान स्टानफोर्ड ब्रिजमा जित जिलाउन रोमेलु लुकाकुले एक गोल गरे । उनले खेलको ६९औं मिनेटमा सेजार एजप्लिकुएटाको पासमा गोल गरे ।

उता युभेन्टसको जितमा एलेक्स सान्ड्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरेका थिए । युभेन्टसले पहिलो हाफमै ३ गोल गरेको थियो।्

युभेन्टसले २३औं सान्ड्रोको गोलमा सुरुआती अग्रता लियो । ४५औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफकै इन्जुरी समयमा अल्भारो मोराटाले गोल गरेपछि युभेन्टस विजयी भयो।

Facebook Comments Box