चेल्सी र लेस्टर एफए कपको सेमिफाइनलमा

चेल्सी र लेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वार्टफाइनलमा चेल्सीलाई सेफिल्ड युनाइटेडलाई २–०ले हरायो भने लेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडमाथि ३–१को सहज जित निकाल्यो।

घरेलु मैदानमा लेस्टरलाई जिताउन केलेची इन्हाचोले २ गोल गरे भने अर्को गो युरी टिलेमन्सले गरे । यस्तै, युनाइटेडका मासन ग्रीनउडेल गोल गरेका थिए ।

२४औं मिनेटमा इन्हाचोले गोल गर्दै लेस्टर सिटीलाई सुरुआती अग्रता दिलाए । ३८औं मिनेटमा ग्रीनउडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमै सकियो ।

५२औं मिनेटमा टिलेमन्सले गोल गर्दै लेस्टरलाई पुनः अग्रता दिलाए । ७८औं मिनेटमा इन्हाचोले दोस्रो गोल गरेपछि लेस्टर युनाइटेडमाथि ३–१को जित निकाल्दै सेमिफाइनल पुग्यो।

यस्तै, आइतबार राति नै भएको खेलमा सेफिल्डमाथि २–०को जित निकाल्दै चेल्सी पनि एफए कपको सेमिफाइनल पुगेको छ। चेल्सीले दुवै हाफमा समान १ गोल गरेको थियो ।

२४औं मिनेटमा ओलिभर नोरउडले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले सुरुआती अग्रता लियो । त्यसपछि इन्जुरी समयमा हाकिमी जियाचले गोल गरेपछि चेल्सी विजयी भयो।

योसँगै एफए कपको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार राति भएको खेलमा जित निकाल्दै म्यान्चेस्टर सिटी र साउथह्याम्पटन पनि सेमिफाइनल पुगिसकेक छन्।

सेमिफाइनलमा लेस्टरले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ भने चेल्सी र म्यानचेष्टर सिटीकाे सामना गर्नेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.