उपाधि होडमा रहेका चेल्सी र लिभरपुलले खेले बराबरी

Read Time:1 मिनेट

उपाधि होडमा रहेका चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन्।

दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो। लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले तथा चेल्सीका लागि माटेओ कोभाकिक र क्रिस्टियन पुलिसिकले गोल गरे। खेलको २६ औं मिनेट भित्र २–० ले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले खेललाई बराबरीमा ल्याएको हो।

खेलको नवौ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

खेलको ४२ औं मिनेटमा कोभाकिकले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। इन्जुरी समयको अन्तिममा पुलिसिकले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए। त्यसपछि कुनै टिमबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो।

योसँगै लिगको दोस्रो स्थानमा रहेको चेल्सीले २१ खेलबाट ४३ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको लिभरपुलले एक खेल कम खेल्दै ४२ अंक जोडेको छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बन्द प्रशिक्षणको लिस्टमा ३० खेलाडी, १६ मात्रै सहभागी
Next post १५ खेलपछि रियलको हार, एट्लेटिकोको सहज जित
Close