इपिएल : लिभरपुल, चेल्सी र सिटी विजयी

Read Time:2 Minute

इंग्लिस प्रिमियर लिग फुटबलमा ठूला क्लबहरु लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले वेस्टह्यामलाई २–१ले हरायो भने चेल्सीले बर्नेलीलाई ३–० र सिटीले सेफिल्ड युनाइटेडलाई १–०ले पराजित गरेको छ ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को पुनरागमन जित निकाल्यो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले गोल गरेपछि लिभरपुल विजयी बनेको हो । पाहुना टोलीका पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

मोहमद सलाहाले ४२ औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी छदाँ जोटाले लिभरपुलका लागि विजयी गोल गरे। जर्दान साकिरीको चलाखीपूर्ण पासमा जोटाले गोल गर्न सफल भए ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा चेल्सीले बर्नेलीमाथि ३–० को जित निकालेको छ । चेल्सीको जितमा हाकिम जियाच, कुर्टवा जुमा र टिमो वार्नरले एक–एक गोल गरे ।

२७औं मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६३औं मिनेटमा जुमाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ७०औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए ।

लिभरपुलको ७ खेलबाट १६ अंक छ । वेस्टह्याम ८ अंक सहित १३ औं स्थानमा छ । ७ खेलमा १२ अंक जोडेको चेल्सीले चौंथो स्थानमा छ भने ११ अंक जोडेको सिटी ८औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रियल मड्रिडको सहज जित, रोकियो बार्सिलोना
Next post एम्बाप्पेको चम्किँदा पिएसजी विजयी
Close