लुकाकु चाम्किँदा चेल्सी विजयी, लेस्टरविरुद्ध म्यान्चेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन्। शनिबार राति भएको खेलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु चम्किएपछि चेल्सीले एस्टन भिल्लामाथि ३–०को जित निकाल्दा डिफेन्डिङ च्याम्पियन सिटीले लेस्टर सिटीलाई १–०ले हरायो।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे भने माटेओ कोभासिचे १ गोल गरे ।

१५औं मिनेटमा लुकाकुले चेल्सीलाई सुरुआती अग्रता दिलाए । उनले कोभासिचको पासमा गोल गरेका थिए। ४९औं मिनेटमा कोभासिचले चेल्सीको अग्रता दोब्बर बनाए । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा लुकाकुले गोल गरेका चेल्सी ३–०ले विजयी भयो।

यसैगरी डिफेन्डिङ च्याम्पियन सिटीलाई लेस्टरविरुद्ध जित दिलाउन बर्नार्डो सिल्भाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ६६औं मिनेटमा गोल गरेका थिए

LEICESTER, ENGLAND – SEPTEMBER 11: Jack Grealish of Manchester City battles for possession with Timothy Castagne of Leicester City during the Premier League match between Leicester City and Manchester City at The King Power Stadium on September 11, 2021 in Leicester, England. (Photo by Shaun Botterill/Getty Images)

खेलमा सिटीले ६१ प्रतिशत बल पोजेसन बनाउँदै २५ सट प्रहार गरेकोमा ८ सट फ्रेममा थियो । यता, लेस्टरले ६ सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा थियो।

Facebook Comments Box