चेल्सी र युनाइटेडको सहज जित, साउथह्याम्पटनसँग हार्‍यो लेस्टर

इंग्लिस प्रिमियर लिगको २२ औं चरणमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले सहज जित निकाल्दा लेस्टर सिटीसँग पराजित भयो । शनिबार राति भएको खेलमा चेल्सीले बर्नेलीलाई ३–०ले हराउँदा युनाइटेडले नर्विच सिटीविरुद्ध ४–०को एकपक्षीय जित निकाल्यो ।

यता, लिगमा दोस्रो स्थानमा रहेको लेस्टर सिटी भने साउथह्याम्पटनसँग २–१ले पराजित भयो । हारसँगै लेस्टरले शीर्ष स्थानको लिभरपुलसँगको दुरी छोट्याउने अवसर गुमायो । उसले २२ खेलमा ४५ अंक छ ।

घरेलु मैदान किङ पावर स्टेडियममा अग्रता पनि लेस्टरले नै लिएको थियो । १४औं मिनेटमा ड्यानिअल परेटले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको ५ मिनेट पछि पर्दै साउथह्याम्पटनले खेललाई बराबरीमा ल्यायो । १९औं मिनेटमा उसका स्टुआर्ड आर्मस्ट्रङले गोल गरेका थिए ।

८१औं मिनेटमा ड्यानी इंग्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । ९०औंमा डिफेन्डर जोनी इभान्सले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर, इभान्सको त्यो गोललाई भारमार्फत अफसाइड दिइँदा लेस्टर पराजित भयो ।

बर्नेलीविरुद्ध चेल्सीलाई जित दिलाउन जर्गिन्हो, टमी अब्राहम र कालुम हड्सन ओडोइले गोल गरे । जर्गिन्होले २७ मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३८औं मिनेटमा अब्राहमले गोल गर्दै अग्रता दोब्बर बनाए । ओडोइले ४९ औं मिनेटमा गोल गरेपछि चेल्सीले खेल ३–०ले जित्यो ।

ओल्डट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कस रास्फोर्डले २ गोल गरे भने एन्थोनी मार्सियल र मासन ग्रीनउडले समान १ गोल गरे । २७औं मिनेटमा रास्फोर्डले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले १–०को अग्रता लियो । दोस्रो हफामा युनाइडेले थप तीन गोल नर्विचविरुद्ध शानदार जित निकाल्यो । पेनाल्टीमा रास्फोर्डले ५२औं, मार्सियलले ५४औं र ग्रीनउडले ७६औं मिनेटमा गोल गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.