चेल्सी र टोटनहम कारबाओ कपको सेमिफाइनलमा

प्रियिमर लिग क्लबद्वय चेल्सी र टोटनहम कारबाओ कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डमाथि २–०को जित निकाल्यो भने टोटनहम बलियो वेस्टह्यामका चुनौती २–१ले पन्छायो।

घरेलु टोली ब्रेन्टफर्डलाई उसकै मैदानमा हराउन चेल्सीका जर्गिन्होले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो । चेल्सीले दुवै गोल खेलको अन्त्यरित गरेको थियो।

घरेलु टोलीलाई दवावमा राखे पनि गोलका लागि संघर्ष गरेको चेल्सीले ८०औं मिनेटमा आत्मघाती गोलमा अग्रता लियो । ब्रेन्टफोर्डका पोन्टस जान्ससनको आत्मघाती गोल गरेका थिए । ८५औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित पक्का गरे।

यसैगरी अर्को खेलमा टोटनहलाई जित दिलाउन स्टेफन बग्वाइन र लुकास मौराले गोल गरेका थिए भने वेस्टह्यामका जरोड बोवेनले गोल गरेका थिए । तीनै गोल पहिलो हाफमै ५ मिनेट अन्तरमा सम्भव भएको थियो।

२९औं मिनेमा बग्र्वाइनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। ३४औं मिनेटमा वेस्टह्यामले बराबरी गोल फर्कायो । उसको बोवेनले गोल गरेका थिए। ३४औं मिनेटमा लुकास मौराले गोल गर्दै टिमलाई जित दिलाए।

Facebook Comments Box