साउथह्याम्टनमाथि चेल्सीको जित, वुल्भ्सले न्युकासललाई हरायो

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । शनिबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ले हरायो।

चेल्सीको जितमा टिमो वेर्नर, ट्रेवह चालोबह र बेन चिलवेलले गोल गरे भने साउथह्याम्पटनका जेम्स वार्ड प्रोवेसले गोल गरेका थिए।

नवौं मिनेटमा चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ६१औं मिनेटमा वार्ड प्रोवेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले पेनाल्टीमा गोल गेल गरेका थिए।

७७औं मिनेटमा वार्ड प्रोवेसले रेर्डकार्ड पाएपछि साथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । उनले चेल्सीका जोर्गिन्होलाई खराब ट्याकल गरेपछि रेफ्रि मार्फत रेडकार्ड दिएका थिए।

त्यसको फाइदा उठाउँदै चेल्सीले ८४औं मिनेटमा अग्रता बनायो । उसका टिमो वेर्नरले गोल गरेका थिए । त्यसपछि ८९औं चिवलेवले उत्कृष्ट गोल गर्दै चेल्सीलाई ३–१को जित दिलाए ।

जितपछि चेल्सी ७ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। साउथह्याम्पटन भने ४ अंकसहित १७औं स्थानमा छ।

शनिबार नै भएका अन्य खेलमा वुल्भ्सले न्युकासललाई २–१ले हराउँदा लिड्सले वाट्फोर्डमाथि १–०को जित निकाल्यो । यस्तै, बर्नली र नर्विच सिटीले गोलरहित बराबरी खेले।

Facebook Comments Box