टोटनहमलाई हराउँदै चेल्सी कारबाओ कपको फाइनलमा

चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहममाथि समग्रमा ३–०को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो।

बुधबार राधि भएको दोस्रो खेलमा चेल्सीले टोटनहमलाई १–०ले हरायो । चेल्सीको जितमा एन्टोनियो रुडिगरले १८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले मेसन माउन्टको पासमा गोल गरेका थिए।

यसअघि पहिलो खेलमा चेल्सी २–०ले विजयी भएको थियो ।

अब चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेतासँग २७ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ। लिभरपुल र आर्सनलबीचको दुवै लेगको खेल बाँकी रहेको छ। पहिलो लेग बिहीबार राति तथा दोस्रो लेग २० जनवरीको राति हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली खेलाडी प्रिन्स दाहालले रचे इतिहास, ब्याडमिन्टनको जुनियर वरियतामा शीर्षस्थानमा
Next post पिएम कपमा सुदूरपश्चिमकाे पहिलाे विजयी
Close