जेसुसको गोलमा सिटीले चेल्सीलाई हरायो

ब्राजिलियन स्ट्राइकर ग्याब्रिअल जेसुसको निर्णायक गोलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा जेसुसको गोल मद्दतमा सिटीले चेल्सीलाई उसकै मैदानमा १–०ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जेसुसले ५३औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले जोआ क्यान्सेलोको पासमा गोल गरेका थिए।

खेलमा सिटीले सिटीले अन्य गोलका अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन । खेलमा चेल्सीका किपर इडवार्ड मेन्डीले थुप्रै उत्कृष्ट बचाउ गरेका थिए।

खेलमा ६० प्रतिशत बल पोजेसन बनाएको सिटीले चेल्सीको पोस्टमा १५ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता, चेल्सीले ५ सट प्रहार गरेकोमा कुनै पनि सट फ्रेममा थिएन।

पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीको यो कीर्तिमानी २२१औं जित हो । यो जितसँगै ग्वार्डिओला सिटीमा प्रशिक्षकका रुपमा सर्वाधिक खेल जित्ने प्रशिक्षक बने । लेस म्याकडोवालले सिटीका लागि २२० खेल जितेका थिए।

Facebook Comments Box