
विश्वकप स्टार फर्नान्डेसका लागि ८७ मिलियन पाउण्ड र तीन खेलाडी दिने चेल्सीको प्रस्ताव
जारी सिजन खराब प्रदर्शन गरिरहेको चेल्सीले खेलाडी ट्रान्सफरमा ठूलो रकम खर्च गरिरहेको छ। च्याम्पियन्स लिग खेल्ने लक्ष्यसहित चेल्सीले जनवरी ट्रान्सफरमा ठूलो रकम खर्चन लागेको हो।
चेल्सीको नजर अहिले कतार विश्वकपका अर्जेन्टिनी स्टार मिडफिल्डर इन्जो फर्नान्डेसमा छ । यी २१ वर्षीय स्टार मिडफिल्डस भित्र्याउन चेल्सीले पोर्चुुगिज क्लब बेन्फिका सक्षम ‘मेघा’ अफर गरेको छ।
चेल्सीले फर्नान्डेसका लागि ८७ मिलियन पाउण्ड र तीन खेलाडी दिने प्रस्ताव गरेको छ। लन्डन क्लब चेल्सीले फर्नान्डेसका लागि अट्याकिङ मिडफिल्डर हाकिम जियास, युवा ब्राजिलियन मिडफिल्डर आन्द्रेस सान्तोस र डेभिड डाट्रो फोफानालाई दिने प्रस्ताव गरेको छ।
जियासलाई पर्मानेन्ट र सान्तोस तथा फोफानालाई लोनमा दिने प्रस्ताव चेल्सीको छ। तर, फर्नान्डेसका लागि ११२ मिलियन पाउण्ड माग गरिरहेको बेन्फिकाले चेल्सीको प्रस्तावा कुनै प्रतिक्रिया जनाएको छैन्,
विश्वकपका सर्वोत्कृष्ट युवा खेलाडी बनेका फर्नान्डेस भित्र्याउन दुई इंग्लिस क्लब लिभरपुल र म्यान्चेस्टर युनाइटेड तथा स्पेनिस जाइन्ट रियल मड्रिडले पनि चासो देखाएका छन्। तर, विश्वकपछि भर्खरैमात्र प्रशिक्षणमा फर्किएका फर्नान्डेसले भने आफ्नो रोजाई चेल्सी भएके बताएका छन्।