चेल्सी कपकाे फाइनलमा, उपाधिका लागि लिभरपुलसँग भिड्ने

Read Time:1 Minute

इंग्यान्डको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन्। वेम्बलीमा आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि चेल्सीले २–०को जित निकालेसँगै उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने पक्का भएको हो।

चेल्सीको जितममा रुबिन लोफ्टस चिक र मेसन माउन्टले गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दुवै गोल दोस्रो हाफमा भएको थियो।

खेलको ६५औं मिनेटमा रुबिनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसको ११ मिनेटमै माउन्टले गोल गर्दै खेल २–० मा पुर्‍याए। बाँकी समय दुवै टोलीबाट गोल निस्किन सकेन।

यसअघि म्यान्चेस्टर सिटीलाई ३–२ले हराउँदै लिभरपुल फाइनल पुगेको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मिलर चम्किँदा चेन्नईलाई हराउँदै गुजरात शीर्ष स्थानमा
Next post एनएसएल सेप्टेम्बर–अक्टोबरमा गर्ने प्रस्ताव
Close