डेब्यूमै फेलिक्सले पाए रातो कार्ड, चेल्सी फुलहमसँग स्तब्ध

Read Time:1 Minute

लोन चेल्सी आएका पोर्चुगिज स्ट्राइकर जोआ फेलिक्सले डेब्यू खेलमो रातो कार्ड पाएका छन् ।

११ मिलियनर युरोपमा आधा सिजनका लागि लोनमा आएका फेलिक्सले बिहीबार राति फुलहमसँग खेल्दै डेब्यू गरे । तर, उनी ५८औं मिनेटमा रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भए।

फेलिक्सले रातो कार्ड खाएको खेलमा चेल्सी फुलहमसँग २–१ले पराजित भयो ।

घरेलु मैदानमा फुलहमको जितमा विलियन र कार्लोस भिनिसियसले गोल गरे। यो सिजन खराब लयमा रहेको लन्डन क्लब चेल्सीका कालिडोउ कोउलीवालीले एक गोल फर्काए।

क्राभेन कटेज लन्डनमा बिहीबार राति भएको खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई सुरूआती अग्रता दिलाए।  ४७औं मिनेटमा कालिडोउ कोउलीवलीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

तर ५८औंं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो। त्यसपछि ७३ औं मिनेटमा भिनिसियसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

यो जितसँगै फुलहम १९ खेलबाट ३१ अंक जोडेर छैठौं स्थानमा उक्लिएको छ। पराजित चेल्सी १८ खेलबाट २५ अंक जोडेर १० औं स्थानमा रहेको छ। 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतले जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज
Next post सन्दीप आज थुना मुक्त हुँदै
Close