चेल्सी छाड्दै फाब्रिगास मोनाकोमा

स्पेनिस स्टार मिडफिल्डर ३१ वर्षीय सेस फाब्रिगास इंग्लिस प्रिमियर लिग क्लब चेल्सी छाड्दै फ्रेन्च लिग वान क्लब मोनाकोमा आबद्ध भएका छन् ।

माउरिजिओ सर्री चेल्सीको प्रशिक्षकमा नियुक्त भएपछि फाब्रिगासले चेल्सीको टिममा खेल्ने मौका खासै पाएका थिएनन् । यस सिजन फाब्रिगास समग्रमा ६ खेलमा मात्र चेल्सीको सुरुवाती ११ परेका थिए । उनी यस सिजन प्रिमियर लिगमा १ खेलमा सुरुवाती ११ परेका थिए । आफूलाई प्रायाप्त अवसर नदिएपछि फ्राब्रिगास मोनाको लागेका हुन् ।

मोनाकोसँग साढे ३ वर्षको सम्झौता गरेका फाब्रिगासलाई भित्र्याउन मोनाकोले १० मिलियन युरो खर्च गरेको छ । अब फाब्रिगासले पूर्वसहकर्मी थिएरी हेनरीको प्रशिक्षणमा मोनाकोबाट खेल्न छन् । हेनरी र फाब्रिगासले आर्सनबाट सँगै खेलेका थिए ।

सन् २०१४ मा स्पेनिस क्लब बार्सिलोनाबाट चेल्सी आएका फाब्रिगासले २ प्रिमियर लिग र १ लिग कप र १ कार्बाओ कप उपाधि जितेका छन् । उनले चेल्सीबाट १ सय ९८ खेल खेल्दै २२ गोल गरेका छन् । सन् २०१४–१५मा जोसे माउरिन्हो र ०१६–१७ मा एन्टोनियो कोन्टेको प्रशिक्षणमा फाब्रिगासले चेल्सीबाट प्रियिमर लिग उपाधि जितेका थिए ।

फाब्रिगासले प्रिमियर लिग क्लब आर्सनलबाट सिनियर टिममा डेब्यू गरेका थिए । सन् २००३ अक्टोबरमा उनले आर्सनलको सिनियर डेब्यू गरेका थिए । उनी त्यतिबेला १६ वर्ष १ सय ७७ दिनका मात्र थिए । फाब्रिगास आर्सनको सिनियर टिममा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् ।

फाब्रिगासले आर्सनलनबाट ३ सय ३ खेल खेल्दै ५७ गाल गरेका थिए । सन् २०११ मा उनी आर्सनल छाड्दै स्पेनिस जाइन्ट बार्सिलोना गएका थिए । ३ सिजन बार्सिलोनमा बिताएका उनले त्यहाँ ६ उपाधि जिते । उनले बार्सिलोनाबाट सन् ला लिगा, कोपा डेल रे, युईएफए सुपर कप, क्लब विश्वपक १–१ पटक जितेका छन् भने सुपर कोपा डे स्पाना २ पटक जितेका छन् । बार्सिलोनामा फाब्रिगासले १ सय ५१ खेलमा ४२ गोल गरेका थिए ।

सने २००६ मा स्पनेको राष्ट्रिय टिममा डेब्यू गरेका फाब्रिगासले सन् २०१६ मा स्पेनबाट खेले । उनले राष्ट्रिय टिमबाट १ सय १० खेल खेल्दै १५ गोल गरेका छन् । सन् २०१० को विश्वकप, २००८ र २००१२ को युरोपक उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण थियो । राष्ट्रिय टिमबाट लागतार तीन ठूला उपाधि जितका फाब्रिगास स्पेनका सुनौलो पुस्ताका खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *