
चेल्सीले भित्र्यात्री युक्रेनी स्टार मुड्रिक, आजै सर्वाजनिक गरिने
अफ्नो पहिलो रोजाईका अधिकांश खेलाडी घाइते भएपछि इंग्लिस क्लब चेल्सी समस्यामा छ। खेलाडीहरु लगातार घाइते भएपछि दबाबमा परेको चेल्सीले विन्टर ट्रान्सफर विन्डोमा थुप्रै रकम खर्चिएको छ।
यही क्रममा चेल्सीले युक्रेनका स्टार मिडफिल्डर मिखाइल मुड्रिकलाई अनुबन्धन गरेको छ। चेल्सीले उनलाई युक्रेनी क्लब सख्तर डोनेस्कबाट १ सय मिलियन युरोमा भित्र्याएको हो। मुड्रिक चेल्सीमा रहँदा प्रियिमर लिग र च्याम्पियन्स लिग जिते सख्तकर डोनेस्कले थप रकम पनि पाउनेछ।
२२ वर्षीय मुड्रिकले चेल्सीसँग ७ वर्षको सम्झौता गरेका छन्। अट्याकिङ मिडफिल्डर मुड्रिकले सख्तर डोनेस्कका लागि ४४ खेल खेल्दै १२ गोल गरेका छन्।
मुड्रिकलाई भित्र्याउन अर्को प्रिमियर लिग क्लब आर्सनलले पनि चासो देखाएको थियो । उसले मुड्रिकका लागि ८० मिलियन युरोसम्म प्रस्ताव गरेको थियो । तर, अन्तिम समयमा चेल्सी मुड्रिकलाई भित्र्याउन सफल भयो।
मुड्रिकलाई चेल्सीले आजै स्टामफोर्ड ब्रिजमा एक कार्यक्रम गर्दै सार्वजनिक गर्नेछ। सम्भवतः उनले आजै राति हुने क्रिस्टल प्यालेसविरुद्धको खेलमार्फत डेब्यू गर्नेछन्।
यसअघि चेल्सीले डेभिड दात्रो फोफाना, आन्द्रे सान्द्रे सान्तोष र जोआओ फेलिक्सलाई अनुबन्धन गरिसकेको छ।