
स्पेनिस डिफेन्डर कुकुरेया चेल्सीमा
स्पेनिस युवा मिडफिल्डर मार्क कुकुरेया लन्डन क्लब चेल्सीमा आबद्ध भएका छन्। चेल्सीले २४ वर्षीय कुकुरेयालाई ब्राइन्टनबाट ६३ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।
चेल्सीले कुकुरेयासँग ६ वर्षको सम्झौतान गरेको छ। अब कुकुरेया सन् २०२८ सम्म लन्डन क्लबमै रहनेछन्।
चेल्सीसँग लामो समयको अनुबन्धन गरेपछि प्रतिक्रिया दिँदै कुकुरेयाले आफू साँच्चै खुसी भएको बताएका छन्। उनले विश्कै उत्कृष्ट मध्ये एक क्लबका लागि खेल्न पाउनु ठूलो अवसर भएको बताएका छन्।
बार्सिलोनाको एकेडेमी लामासियाको उत्पादन कुकुरेया गत सिजन मात्र स्पेनिस क्लब गेटाफेबाट ब्राइटन आएका थिए। उनी ब्राइटनमा ३८ खेल खेल्दै १ गोल गरेका छन्।
सिजनको अन्त्यसँगै कुकुरेया भित्र्याउन अर्को इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पनि निकै प्रयास गरेको थियो । कुकुरेयाका लागि सिटी ५० मिलियन पाउण्ड र्तिन तयार थियो, कुकुरेया पनि सिटी आउन राजी थिए, तर ब्राइनट नमानेपछि उनको सिटी आगमन रोकिएको थियो।
यस्तै, चेल्सीले एस्टनभिल्लाबाट युवा मिडफिल्डर कर्नी चुक्युमेकालाई पनि अनुबन्ध गरेको छ। उसले १८ वर्षीय चुक्युमेकालाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो। चुक्युमेका पनि सन् २०२८ सम्म चेल्सीमा रहनेछन्।