वार्नर चेल्सी आए, पारिश्रमिक प्रतिसाता १ लाख ७० हजार पाउण्ड

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले जर्मन स्ट्राइकर टिमो वार्नरलाई भित्र्याएको छ । चेल्सीले वार्नरलाई बुन्डेसलिगा क्लब आरबी लेइपजिगबाट ५ वर्षका लागि अनुबन्धन गरेको हो ।

चेल्सीले वार्नरसँग ५ वर्षको सम्झौता गरेको छ । अब उनी सन् २०२५ सम्म लन्डनमा रहने छन् । आगमी जुलाईमा मेडिकलका लागि वार्नर लन्डन आउने बताइएको छ ।

चेल्सीले वार्नरसँगको सम्झौता रकम खुलाएको छैन । तर, विभिन्न सञ्चारमाध्यमहरू चेल्सीले वार्नर भित्र्याउन ४८ मिलियर पाउण्ड खर्च गरेको बताएका छन् । उनले चेल्सीमा प्रतिसाता १ लाख ७० हजार पाउण्ड पारिश्रमिक पाउने बताइएको छ ।

अघिल्लो साता वार्नरसँग कुरा गर्न प्रशिक्षक फ्यांक लाम्पार्ट गोलकिपर प्रशिक्षक पिटर चेकसहित जर्मन पुगेका थिए । दुई सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध खेपेको चेल्सीले खेलाडी अनुबन्धनमा सक्रियता देखएको छ । उसले जनवरीमै डच क्लब आयाक्सका हाकिम जियसलाई अनुबन्धन गरेको थियो ।

बुन्डेस लिगामा वर्नार निरन्तार उत्कृष्ट लयमा छन् । उनले यो सिजन ४५ खेलमा ३२ गोल गरेका छन् भने १३ असिस्ट गरेका छन् । वार्नरकै उत्कृष्ट प्रदर्शन मद्दतमा आरबी लेइपजिग बुन्डेस लिगामा तेस्रो स्थानमा छ भने च्याम्पियन्स लिगमा पनि क्वार्टरफाइनल पुगिसकेको ।

लेइपजिगमा ३ सिरिज बिताउँदा वार्नरले १५७ खेल खेल्दै ९३ गोल गरेका छन् । सन् २०१७ देखि नै राष्ट्रिय टिमको नियमित सदस्य रहेका वार्नले २९ खेलमा १७ गोल गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.