
मुड्रिक बने इपिएलका ‘फास्टेस्ट’ खेलाडी
Read Time:1 Minute
लन्डन क्लब चेल्सीका लागि गत सातामात्र डेब्यू गरेका युक्रेनी स्टार विंगर मिखाइल मुड्रिक प्रिमियर लिगका ‘फास्टेस्ट’ खेलाडी बनेका छन्। मुड्रिक गतसाता मात्र युक्रेनी क्लब सख्तर डोनेस्कबाट ८८ मिलियन पाउण्डमा चेल्सी आएका थिए।
२२ वर्षीय मुड्रिकले गत शनिबार एन्डफिल्डमा लिभरपुलविरुद्ध डेब्यू गरेका थिए। सो खेलमा उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

सो खेलमा उनको स्पिड प्रतिघण्डा ३६.६३ किलोमिटर थियो । यो जारी सिजिन इपिएलको सबैभन्दा तीव्र गति हो।
मुड्रिकले एभर्टनका एन्थोनी गोर्डनलाई पछि पारेका हुन्। २१ वर्षीय गोर्डनको स्पिड प्रतिघण्टा ३६.६१ छ। यस्तै, लिभरपुलका डर्विन नुनेजको स्पिड प्रतिघण्टा ३६.५३ र म्यान्चेस्टर सिटीका इर्लिङ हालान्डको स्पिड ३६.२२ किलोमिटर छ।