चेल्सीका जिरुड एसी मिलानमा

इंग्लिस क्लब चेल्सीका फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड इटालियन क्लब एसी मिलानमा आबद्ध हुने भएका छन्। ३४ वर्षीय फ्रेन्च स्ट्राइकर जिरुड चेल्सी छाड्दै मिलान जाने पक्का भएपनि आधिकारिक सम्झौता भने भएको छैन।

जिरुडले एसी मिलानसँग २ वर्षको सम्झौता गर्ने बताइएको छ। उनी ३.५ मिलियनर युरोपमा एसी मिलान जाने भएका हुन्।

सन् २०१८मा १५ मिलियन युरोमा आर्सनलबाट चेल्सी आएका जिरुडले चेल्सीमा ११९ खेल खेल्दै ३९ गोल गरेका छन् । चार सिजन चेल्सीमा रहँदा उनले एफए कप च्याम्पियन्स लिग र युरोपा लिग उपाधि जितेका छन्।

६ सिजन आर्सलनमा बिताउँदा जिरुडले २५३ खेल खेल्दै १०५ गोल गरेका थिए। चेल्ली छाड्ने पक्का भएका जिरुडले सबै सहकर्मी, पदाधिकारी र प्रशिक्षकलाई धन्यवाद दिएका छन्।

Facebook Comments Box