प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई हरायो

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ। लन्डनका दुई क्लबबीच भएको खेलम आर्सनलले चेल्सीलाई उसकै मैदानमा १–०ले पराजित गरेको हो।

प्रतिस्पर्धात्मक खेलमा आर्सनलका इमिल स्मिथ रोले खेलको १६औं मिनेटमा गरेको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा आर्सनल विजयी भयो ।

यो हारसँगै चेल्सीको शीर्ष चारको यात्रामा पनि धक्का लागेको छ। चेल्सी ३६ खेलबाट ६४ अंकसाथ चौथो स्थानमा छ पाँचौं स्थानमा रहेको वेस्ट ह्यामको ५८ अंक छ। वेस्ट ह्यामले एक खेल कम खेलेको छ।

Facebook Comments Box