जिरुड र पुलुसिचको गोलमा चेल्सी विजयी

कोरोना भाइरसका महामारीपछिको पहिलो खेलमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई उसकै मैदानमा २–१ले हरायो ।

चेल्सीलाई जित दिलाउने क्रममा फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड र अमेरिकन स्ट्राइकर क्रिस्टियन पुलुसिचले समान १ गोल गरे भने एस्टन भिल्लाका कोर्टने होउसले गोल गरे ।

खेलमा अग्रता भने एस्टन भिल्ला लियो । पहिलोको ४३औं मिनेटमा होउसले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए । पहिलो १–०मै सकियो ।

दोस्रो हाफको ५५ औं मिनेटमा चेल्सीले दुई परिवर्तन ग¥यो । क्रिस्टियन पुलुसिच र रोस बार्कलीलाई प्रशिक्षक फ्र्यांक लाम्पाटले मैदान छिराए । लगत्तै चेल्सीले खेललाई बराबरीमा ल्यायो । पुलुसिचले ६०औं मिनेटमा सेसर एपेलेजिक्वेटाको पासमा गोल गरे ।

खेल बराबरीमा आएको २ मिनेट नबित्दै चेल्सीले अग्रता लियो । ६२औं मिनेटमा एपेलेजिक्वेटाको पासमा जिरुडले उत्कृष्ट गोल गर्दै चेल्सीलाई २–१को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा चेल्सी विजयी भयो ।

यो विजयसँग चेल्सी च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनायो । चेल्सी ५१ अंकका साथ चौथो स्थानमा छ । एस्टन भिल्ला भने रेलिगेसन जोनमा छ । २६ अंकका साथ १९औं स्थानमा रहेको एस्टन भिल्लालाई रलिगेसनबाट बच्न निकै मुस्किल भएको छ ।

यसैगरी आजै भएको अर्को खेलमा न्युकासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–०ले हरायो । उसका लागि अलान्ट सेन्ट माक्सिमिन, म्याट रिट्ची, जोलिन्टनले समान १ गोल गरे । न्युकासलले तीनै गोल दोस्रो हाफममा गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.