लिड्ससँग रोकियो चेल्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ । शनिबार साँझ भएको खेलमा थोमस टुचेलको टिम चेल्सी लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा चेल्सीले दबाब बनाए पनि लिड्सका गोलकिपर लिअन मेस्लरले उत्कृष्ट प्रदर्शन गरेपछि उ बराबरी खेल्न बाध्य भयो । चेल्सीका किपर इडोवार्डो मेन्डीले केही उत्कृष्ट बचाउ गरेका थिए ।

चेल्सीले ६८ प्रतिशत बल पोजेसन बनाउँदै लिड्सको पोस्टमा १५ सट प्रहार गरेको थियो, त्यसमध्ये ८ सट फ्रेममा थियो। यता लिड्सले ७ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

लिड्ससँगको यो बराबरीसँगै प्रशिक्षक थोमस टुचेलले पूर्वप्रशिक्षक लुइस फिलिपे स्कोलारीको कीर्तिमान बराबरी गरेका छन्। टुचेल चेल्सीको प्रशिक्षक बनेयता उ १२ खेलसम्म अपाजित छ ।

बराबरीसँग चेल्सीले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ। चेल्सी ५१ अंकका साथ चौथो स्थानमा छ भने लिड्स ३६ अंकका साथ ११औं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.