
नटिङ्घम फरेस्टसँग रोकियो चेल्सी
Read Time:1 Minute
इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा चेल्सी नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलमा चेल्सीका रहिम स्टर्लिङ र नटिङ्घमका सर्ज औरियरले गोल गरेका थिए।
नटिङ्घमको मैदानमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य भयो। १६औं मिनेटमा स्टर्लिङको गोलमा चेल्सीले अग्रता लियो ।
पहिलो १–०मै सकियो। तर, ६३औं मिनेटमा नटिङ्घमले बराबरी गोल फर्कायो । उसका औरियसले गोल गरेका थिए।
खेलमा चेल्सीले ७३ प्रतिशत बल पोजेसन बनाउँदै ७ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो । यता, नटिङ्घमले १२ सट प्रहार गरेकोमा ५ सछ फ्रेममा थियो।
बराबरीपछि २५ अंकसहित आठौं स्थानमा छ भने नटिङ्घम १४ अंकसहित १८औं स्थानमा उक्लिएको छ।