रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। च्याम्पियन्स लिगकै सफल क्लब रियललाई हराउने क्रममा चेल्सीले समग्रमा ३–१को जित निकाल्यो।

पहिलो खेलमा रियलको घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको चेल्सीले बुधबार राति दोस्रो लेगमा आफ्नै मैदानमा रियललाई २–०ले हरायो । चेल्सीले दुवै हाफमा समान १ गोल गरेको थियो। रियलविरुद्ध जित दिलाउने क्रममा चेल्सीका टिमो वर्नर र मेसन माउन्टले गोल गरेका थिए ।

खेलको २८औं मिनेटमा वेर्नरले चेल्सीलाई अग्रता दिलाएका थिए। एनोगोलो कान्टेले दिएको बललाई डिबक्सबाट काइ हाभर्टजले रियलको किपरलाई चिप गर्र्दै प्रहार गरको बल बारका लागेर फर्किएपछि अनमार्क रहेका वर्नरले हेडिङमा गोल गरेका थिए ।

८५औं मिनेटमा चेल्सी क्रिस्टियन पुलिसिचको पासमा माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

खेलमा चेल्सी पूर्ण रुपमा हावी भएको थियो । पहिलो हाफमा करिम बेन्जिमा दुई उत्कृष्ट प्रहार चेल्सीका किपर उत्कृष्ट बचाउ गरेका थिए भने दोस्रो हाफमा इडेन हाजार्डको एउटा प्रहार । त्यसबाहके खेल चेल्सीको पक्षमा रह्यो । दोस्रो हाफमा आक्रामक खेले खलेका चेल्सीले गोलका अन्य चार सुनौलो अवसर गुमाएको थियो। उससका हाभर्ट्ज, माउन्ट, कान्टेले वान टु वानमा गोल गर्न सकेनन्।

यो जितसँगै प्रशिक्षक थोमस टुचेलले च्याम्पिन्स लिगमा नयाँ कीर्तिमान बनाए। उनी लगतार दुई च्याम्पियन्स लिगमा फरक दुई क्लबलाई फाइनल पु¥याउने पहिलो प्रशिक्षक बने । अघिल्लो सिजन उनकै प्रशिक्षणम पिएसजी फाइलन पुगेको थियो।

चेल्सीले अब प्रिमियल लिगकै म्यान्चेस्टर सिटीसँग उपाधिको लागि खेल्ने छ। यी दुईको फाइनल खेल २९ मेमा टर्कीको इस्तानवुलमा हुनेछ।

चेल्सी ९ वर्षपछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। २०११–१२ मा चेल्सीले जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो। चेल्सीको तेस्रो फाइलन यात्रा हो। त्यसअघि सन् २००८ मा म्यान्चेष्टर युनाईटेडसँग पेनाल्टी सुटआउटमा चेल्सीले उपाधि भिडन्त गुमाएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.