चेल्सी र टोटनहम रोकिँदा लेस्टर विजयी

प्रिसिजन टुरमा दुई इंग्लिस क्लब चेल्सी र टोटहमले बराबरी खेलेका छन। बुधबार राति भएको स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र टोटहमले २–२ गोलको बराबरी खेलेका हुन्।

चेल्सीविरुद्ध २ गोलले पछि परेको अवस्था उल्टाउँदै टोटहमले चेल्सीलाई बराबरीमा रोकेको हो। चेल्सीका लागि दुवै गोल हाकिमी जियाचले गरे भने टोटनहमका लुकास मौरा र स्टेफल बर्गविनले गोल गरे।

१६औं मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ४९औं मिनेटमा जिउनचले नै चेल्सीको अग्रता दोब्बर बनाए । तर, ५६औं मिनेटमा मौराले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। ७०औं मिनेटमा वर्गविनले गोल गर्दै खेल २–२ को बराबरीमा लाए।

यसैगरी बुधबार राति नै भएको खेलमा लेस्टरसिटी विजयी भयो । उसले स्पेनिस क्लब भिल्लारियललाई ३–२ले हरायो। किङ्स पावर स्टेडियममा काग्लर सोयुन्कुले ४०औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए।

५१औं मिनेटमा आयोजे परेजले गोल गर्दै लेस्टरलाई ३–० को अग्रता दिलाए । त्यसपछि ७६औं मिनेटमा फेर निनो र ८३ औं मिनेटमा एलेक्स मिलानले गोल गरेपनि भिल्लारियलको हार टार्न सकेनन्।

Facebook Comments Box