वेस्टब्रुमसँग चेल्सीको लज्जास्पद हार

इंग्लिस प्रियिमर लिग फुटबलमा लन्डन क्लब चेल्सीले लज्जास्पद हार बेहोरेको छ। शनिबार राति भएको खेलमा चेल्सी सुरुवाती अग्रता जोगाउन नसक्दा बेस्टब्रुमसँग घरेलु मैदानमा ५–२को फराकिलो अन्तरले पराजित भयो।

स्टामफोर्ड ब्रिजमा भएको खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि थिएगो सिल्भा दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो।

पहिलो हाफको इन्जुरी टाइममा वेष्टब्रुमका २ गोल गर्दै चेल्सीविरुद्ध अग्रता लियो । उसका इन्जुरी समयको दोस्रो र चौथो मिनेटमा कोस्टा म्याथुस पेरेराले गोल गरेपछि पहिलो हाफमा वेस्टब्रुमले २–१ को अग्रता लियो।

६३औं मिनेटमा कालम रोबिन्सन र ६४ औं मिनेटमा डायग्नेले गोल गरेपछि वेस्टब्रोमले ४–१ को अग्रता बनायो । खेलको ७१ औं मिनेटमा चेल्सीका मेसन माउन्टले गोल गर्दै खेललाई ४–२ को स्थितिमा पुर्‍याए । तर, इन्जुरी टाइममा रोबिन्सनले व्यक्तिगत दोस्रो गोल गरेपछि वेष्टब्रोमले ५–२ को शानदार जित हात निकाल्यो ।

प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा चेल्सीलेका पहिलो हार हो । टुचेलको प्रशिक्षणमा चेल्सीले सबैखाले प्रतियोगितामा गरी १५ खेलमा अपराजित थियो । स्न २०११ पछि चेल्सीले प्रिमियर लिगमा ५ गोल खाएको यो पहिलो पटक हो।

हारपछि ३० खेलबाट ५१ अंकसहित चेल्सी चौथो स्थानमा यथावत छ । जितपछि ३० खेलबाट २१ अंक जोडेको वेष्टब्रोम पुछारबाट दोस्रो अर्थात १९औं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.