चेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा ओलिभर जिरुडले निर्णायक गोल गरेपछि चेल्सीले नर्विच सिटीमाथि १–०को जित निकाल्यो ।

पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै जिराउडले चेल्सीलाई सुरुवाती अग्रता दिलाए। उनले क्रिस्टियन पुलुसिकको क्रसमा हेडमार्फत गोल गरेका थिए । खेलमा त्यसपछि कुनै गोल नहुँदा जिरुडको सोही गोल निर्णायक बन्यो ।

च्याम्पियन्स लिग छनोटको दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठूलो राहत मिलेको छ । अघिल्लो खेलमा सेफिल्ड युनाइटेडसँग ३–०ले पराजित भएपछि चेल्सी दबाबमा थियो । जितपछि लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानमा छ । चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ । उसकाको ३६ खेलबाट ६३ अंक छ । चर्विच भने रेलिगेसनमा परिसकेको छ, उसको २१ अंक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.