हाजार्डको गोलमा चेल्सी हारबाट जोगियो

बेल्जियन मिडफिल्डर इडेन हाजार्डले इजुरी समयमा गरेको गोलको मद्दता चेल्सी हारबाट जोगिएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा नवप्रवेशी वुल्भ्ससँग चेल्सी १–१ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा लगभर हारतर्फ अग्रतसर भएको बेलमा इन्जुरी समयको दोस्रो मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए । हाजार्ड विलियनको पासमा गोल गरेका थिए ।

वुल्भ्सलाई अधिकांश समय दबाब राखेपछि चेल्सी गोल गर्न चुकोको थियो । पहिलो हाफ बराबरीमा सकिए पनि दास्रो हाफको सुरुवातमै वुल्भ्सले घरेलु टोलीविरुद्ध अग्रता लियो । उसका राउल जिमिनेजले ५६ आंै मिनेठमा गोल गरेका थिए ।

यो बराबरीसँगै चेल्सीले २९ खेलबाट ५७ अंकका साथ लिगको छैठौं स्थानमा छ। । वुल्भ्समा भने ४४ अंकका साथ सातौं स्थानमा छ ।

निकै आक्रामक खेलेको चेल्सीले ७६ प्रतिशत बल पोेजेशन बनाउँदै वुल्भ्सको पोस्टमा २२ आक्रामण गरेको थियो । जसमध्ये ६ सट फ्रेममा थियो । यता, वुल्भ्सले भने २ सट प्रहार गरेको १ सट फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP