डिफेन्डि छिरिङ गुरुङ च्यासलबाट मच्छिन्द्रमा

नेपाली राष्ट्रिय टिमका युवा डिफेन्डर छिरिङ गुरुङ लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध भएका छन्। मछिन्द्रले छिरिङलाई च्यासल युथ क्लबबाट अनुबन्धन गरेको हो।

२३ वर्षीय डिफेन्डर छिरिङले मछिन्द्रसँग १ वर्षको सम्झौता गरेका छन्। मच्छिन्द्र आसन्न ए डिभिजन लिग र राष्ट्रिष्य लिगका लागि छिरिङलाई अनुबन्धन गरेको हो।

अघिल्लो ए डिभिजन लिग च्यासलबाट खेलेका छिरिङले गत बैशाखमा सम्पन्न नेपाल सुपर लिग काठमाडौं रेजर्सबाट खेलेका थिए । त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उपाधि रक्षा गर्ने योजना बनाएको मछिन्द्रले स्टार खेलाडीहरुलाई अनुबन्धन गरेको छ। उसले स्ट्राइकर विमल घर्तिमगर, मनिष डाँगी, अभिषेक रिजाल, सुनिल बल, मिडफिल्डर विशाल राई, सुजल श्रेष्ठ, डिफेन्डर रञ्जित धिमाल, देवेन्द्र तामाङ र गोलकिपर विशाल श्रेष्ठलाई अनुबन्धन गरिसकेको छ।

यस्तै, उसले विदेशी खेलाडीका रुपमा अजरबैजानका दुई खेलाडी अनुबन्धन गरेको छ। उसले स्ट्राइकर नुर्लान नुर्लान नोभ्रुजोभ र डिफेन्डर सदिग गुलियभलाई अनुबन्ध गरेकोछ । उनीहरु बुधबार नै नेपाल आइसकेका छन्।

Facebook Comments Box