एभर्टनको गोलमा विश्वकप छनोटमा ब्राजिलको लागतार सातौं जित

सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार सातौं जित निकालेको छ । शुक्रबार राति भएको खेलमा एभर्टन रिबेइरोको निर्णायक गोल मद्दतमा ब्राजिलले चिलीलाई १–०ले हरायो।

विश्वकपको दक्षिण अमरिकी छनोटमा सतप्रतिशत जित निकालेको ब्राजिल छनोट नजिक पुगेको छ । ७ खेलमा २१ अंकसहित ब्राजिल शीर्ष स्थानमा छन्। कतार विश्वकपमा छनोट हुन ब्राजिललाई २ अंक मात्र आवश्यक छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टनले ६४औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्ता दिलाए । नेयमारको प्रहारलाई चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले बचाएपनि रिवाउन्डमा एभर्टन रिवेइरोले गोल गर्न सफल भएका थिए । उनी दोस्रो हाफमा भिनिसियस जुनियरको स्थानमा मैदा प्रवेश गरेका थिए।

खेलमा ब्राजिललाई अधिकांश समय दबाबमा राखेपछि चिली गोल गर्न भने असफल रह्यो। उसले ६१ प्रतिशत बल पोजेसन बनाउँदै ब्राजिलको पोष्टमा १२ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता, ब्राजिलले १० सट प्रहार गरेको ४ सट फ्रेममा थियो।

Facebook Comments Box