एनएसएल : चितवन र बुटवलले खेले बराबरी

दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र बुटवल लुम्बिनी एफसीले रोमाञ्चक बराबरी खेलेका छन् । बुधबार भएको पहिलो खेलमा चितवन र बुटलब लुम्बिनीले २–२ गोलको बराबरी खेलेका हुन्।

बुटबल लुम्बिनीविरुद्ध खेलको सुरुवातमै २ गोलको अग्रता जोगाउन नसक्दा चितवन अंक बाँड्न बाध्य भयो । खेलमा पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल भएको थियो।

खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २–० को अग्रता दिलाए ।

तर दुई गोलले पछि परेको बुटवलले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ३२ औं मिनेटमा बुटवलका आशिष लामाले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै खेल २–२ को बराबरी गर्न सफल भए । त्यसपछि खेलमा थप गोल भएन र दुवै टोलीले १–१ अंक बाँडे ।

चितवनका जर्ज प्रिन्स कार्की खेलको प्लेयर अफ दी म्याच घोषित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै प्रोमोसिङ प्लेयर अफ दी म्याच बनेका बुटवलका लक्ष्मण रुचालले १० हजार हजार प्राप्त गरे ।

लिगमा चितवनले लगातार दोस्रो बराबरीपछि २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग बराबरी खेलेको थियो । यस्तै पहिलो खेलमा पोखरा थण्डर्सलाई पराजित गरेको बुटवलको यो पहिलो बराबरी हो । २ खेलबाट बुटवलले ४ अंक जोडेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.