हृदयघातको ९ महिनापछि राष्ट्रिय टिममा एरिक्सनको पुनरामगन, नेदरल्यान्ड्सविरुद्ध गरे गोल

Read Time:2 Minute

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयघात भएको ९ महिनापछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएका छन्। गएराति नेदरल्याण्ड्सविरुद्धको मैत्रीपूर्ण खेलबाट एरिक्सनले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेका हुन्।

युरोकप २०२० अन्तर्गत फिनल्याण्डविरुद्ध खेल्ने क्रममा एरिक्सन १२ जुन २०२१ मा मैदानमै ढलेका थिए। खेलको ४३ मिनेट चलिरहँदा उनका साथी खेलाडीले थ्रो गरेको बल लिने क्रममा एरिक्सन बेहोस भएर ढलेका थिए । एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) दिइएको थियो। झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो।

हृदयघातका कारण मैदानमै ढलेका एरिक्सन केही दिनमा निको भएपनि मैदानबाहिर बस्दै आएका थिए। उनले क्लब फुटबल भने खेलिसकेका छन्। क्लबको मैदानमा भने उनी आठमहिनापछि फर्किएका थिए। गत फागुनमा साउथेन्ड युनाइटेड इलेभेन विरुद्धको मैत्रीपूर्ण खेलमा एरिक्सनले १ घन्टा खेलेका थिए।

इन्टरमिलानबाट ब्रेन्टफोर्डमा अनुवन्धित भएका एरिक्सनले ब्रेन्टफोर्डले साउथेन्ड युनाइटेड इलेभेन विरुद्धको खेलमा गोलको अवसर सिर्जना गरेका थिए। सो खेलमा बे्रन्टफोर्ड ३–२ ले विजयी भएको थियो।

खेलमा डेनमार्क नेदरल्यान्ड्सँग ४–२ ले पाराजित भयो । यता, इरिक्सनले गोल गर्दै ९ महिनापछिको पुनरामगनलाई सुखद् बनाए । दोस्रो हाफमा मैदान छिरेक उनले मैदान छिरेको २ मिनेटपछि नै गोल गरेका थिए । उनले ४७औं मिनेटमा गोल गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बागमती प्रदेश खेलकुदमा चितवन च्याम्पियन
Next post मैत्रीपूर्ण खेलमा स्पेन, जर्मनी र इंग्ल्यानड विजयी
Close