डिस्चार्ज भए एरिक्सन

खेलकै क्रममा मैदानमै बेहोस भएपछि अस्पतालमा उपचार गराइहेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन डिस्चार्ज भएका छन्। डेनिस फुटबल एसोसिएसनले आफ्ना स्टार खेलाडी एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको पुष्टी गरेको छ।

एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) समेत जडान गरिएको छ। डेनिस एफएले एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको जनाएको छ ।

युरोकपअन्तर्गत घरेलु मैदानमा भएको फिनल्यान्डविरुद्धको खेलका क्रममा हर्टअट्याक भएपछि एरिक्सन मैदानमै ढलेका थिए । आधा घण्टाभन्दा बढी समय मैदानमै उपचार गराएपछि एरिक्सनलाई अस्पताल भर्ना गरिएको थियो।

साथी खेलाडी र रेफ्रिको सावधानीले मात्र एरिक्सनलाई बताउन सकिएको डाक्टरहरुले बताएका थिए । खेलको पहिलो हाफका ४३औं मिनेटमा विपक्षी एरियामा थ्रो बल लिन क्रममा उनी ढलेका थिए। तत्लकालै डेनिस कप्तान सिमोन केजरले सिपिआर दिएका थिए।

एरिक्सन मैदानमै ढलेपछि खेल स्थगित भएको थियो । तर, करिब डेढ घण्टापछि अस्पतालमा एरिक्सनको होस आएपछि युईएफको अग्रहमा दुवै टिमले खेल सुरु गरेको थियो । सोखेलमा डेनमार्क फिनल्यानडसँग १–०ले पराजित भएको थियो।

बिहीबार भएको डेनमार्क र बेल्जियमबीचको खेलको १०औं मिनेटमा खेल रोक्दै एरिक्सनको सम्मान सबैले उठेर तालिका बजाएका थिए भने उनको १० नम्बरको जर्सी पनि प्रदर्शन गरिएको थियो।

Facebook Comments Box