
डेनमार्कको टिममा फर्किए एरिक्सन
युरोकप २०२० का क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनिस विंगर क्रिस्टियन एरिक्सन राष्ट्रिय टिममा फर्किएका छन् । हृदयघातपछि भर्खरै मात्र फुटबल खेल्न थालेका एरिक्सनलाई समेट्दै डेनमार्कले मैत्रीपूर्ण खेलका टिम घोषणा गरेको छ।
एरिक्सन गत वर्ष युरोकपमा फिनल्याण्ड विरुद्धको खेलको पहिलो हाफमै हृदयघातका कारण मैदानमा ढलेका थिए । हृदयघात भएका खेलाडीले इटालीमा खेल्न नपाउने भएपछि इन्टर मिलानले एरिक्सनसँगको सम्झौता रद्ध गरेको थियो ।
हृदयघातको ८ महिनापछि उनी गत जनवरीमा प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए । उनले गत फेब्रुअरी २६मा न्युकासलविरुद्ध गर्दै पुनः सक्रिय फुटबल सुरु गरेका थिए।
प्रशिक्षक क्यास्पर हलमन्डले नेदरल्यान्ड्स र सर्बियासँगको दुई मैत्रीपूर्ण खेलका लागि एरिक्सनसहित २३ सदस्यीय घोषणा गरेका छन् । डेनमार्कले मार्च २६ गते आम्सटर्डममा नेदरल्यान्ड्स र मार्च २९ मा सर्बियासँग मैत्रीपूर्ण खेल खेल्ने छ। घरेलु मैदानमा खेल्नेछ ।