एरिक्सन ब्रेन्टफोर्डमा

Read Time:1 Minute

डेनिसक मिडफिल्डर क्रिस्टियन एरिक्सन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आबद्ध भएकमा छन् । गत वर्ष युरोकपका क्रममा हृदयघात भएपछि एरिक्सना पहिलो पटक सक्रिय फुटबलमा फर्किन लागेका हुन्।

ब्रेन्टफोर्डले एरिसक्सनसँग ६ महिनाको सम्झौता गरेको छ। उसलाई थप एक वर्ष सम्झौता नवीकरण गर्ने सुविधा पनि छ।

उनी २ वर्षपछि प्रिमियर लिग फर्किएका हुन् । सन् २०२०मा उनी टोटनहम छाड्दै इन्टरमिलान पुगेका थिए।

एरिक्सन फ्रि ट्रान्सफरमा ब्रेन्टफोर्डमा अबाद्ध भएका हुन्। मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) राखेको सो नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि इन्टर मिलानले एरिक्सनसँगको सम्झौता रद्द गरेको थियो।

युरोकपअन्तर्गत फिनल्यान्डविरुद्धको खेलका क्रममा हृदयघात भएपछि एरिसक्न मैदानमै ढलेका थिए। त्यसपछि तत्काल मैदानमै सीपीआर दिइएपछि उनको ज्यान बचेको थियो । सो क्रममा युइएफएले खेल पनि केही समय रोकेको थियो।

डाक्टरहरुले फुटबल खेल्न सक्ने भएपछि एरिक्सन डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बलात्कार आरोपमा युनाइटेडका स्ट्राइकर ग्रीनउड पक्राउ
Next post स्टार खेलाडीले भरिएको पिएसजी फ्रेन्च कपको अन्तिम १६बाटै बाहिरियो
Close