लिगमा चर्च बोइजको सुखद् डेब्यू, पुलिसलाई हरायो

Read Time:1 Minute

नवप्रवेशी चर्च बोइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा सुखद् सुरुआत गरेको छ। लिगमा सुखद सुरुआत गर्ने क्रममा स्टार खेलाडीले भरिएको चर्च बोइजले विभागीय टिम पुलिस क्लबलाई २–१ले हरायो।

शनिबार च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेलमा चर्च बोइजलाई जित दिलाउन फ्रान्कलिन क्विटे टाला र आशिष चौधरी गोल गरे भने पुलिसका रवि पासवानले गोल गरे

चर्च बोइजले पुलिसविरुद्ध १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो । रवि पासवानको गोलमा पुलिसले खेलमा १४औं मिनेटमै अग्रता लियो।

पहिलो हाफको इन्जुरी टाइममा आशिष चौधरीले गोल गर्दै चर्च बोइजलाई खेलमा फर्काए । ७०औं टालाले गोल गर्दै टिमलाई २–१को अवस्थामा ल्याए। त्यसपछि खेलमा गोल नहुँदा चर्च बोइज विजयी भयो।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
11 %
Angry
Angry
0 %
Surprise
Surprise
22 %
Previous post किरण चेम्जोङको टिमले जित्यो आई लिग
Next post क्यामरुनी क्लबले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि
Close