ए डिभिजन लिगफुटबल

पहिलो सिजन नै च्याम्पियन बन्यो चर्चा बोइज

ए डिभिजन लिगमा बढुवा भएको पहिलो सिजन नै चर्च बोइज युनाइटेड च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेसँगै चर्च बोइज एक खेल अगावै लिग च्याम्पियन बनेको हो।

यो सँगै चर्च बोइजले मनाङ मर्स्याङ्दी क्लबको कीर्तिमान बराबरी गरेको छ। मनाङले ०४३ मा पहिलो ए डिभिजनम बढुवा भएको सिजन नै लिग च्याम्पियन बनेको थियो।

अब लिगको अन्तिम खेलमा पराजित भएपनि दोस्रो स्थानको मछिन्द्र क्लबले चर्चा बोइजलाई भेट्न सक्ने छैन। चर्च बोइजको २५ खेलमा ४५ अंक छ, अन्तिम खेलमा चर्च बोइज पराजित हुने र मछिन्द्रले दुवै खेल जित्दा दुवैको समान अंक हुनेछ । तर, हेड टु हेडमा चर्च बोइज अगाडि भएकाले ऊ बराबरीसँगै च्याम्पियन बनेको हो।

यो बराबरीसँगै उपाधिमा ह्याट्रिक गर्ने मछिन्द्रेको योजनामा भने तुषारापत भएको छ। यसअघि मछिन्द्रले लागातार दुई पटक लिग उपाधि जितेको थियो।

चर्च बोइजले क्लब स्थापना भएको १४ वर्षमा ए डिभिजन लिग जितेको हो । त्यसमा उसले सी डिभिजन छनोट पार गर्न नै १२ वर्ष लगाएको थियो । तर, २०७७मा सी डिभिजन लिगम बढुवा भएपछि भने चर्च बाइजले लगातार सी, बी र ए डिभिजन लिग उपाधि उचाल्यो ।

२०७७ मै सी डिभिजन लिग जितेको उसले २०७८ मा बी डिभिजन जितेको थियो। ०४३ मा पहिलो सिजन नै च्याम्पियन बन्दा मनाङले लागतार डिदेखि ए डिभिजन लिग जितेको थियो ।

पहिलो सिजन नै च्याम्पियन बन्ने लक्ष्य बनाएको मछिन्द्रले स्टार खेलाडीहरु अनुबन्धन गरेको थियो । उसले राष्ट्रिय टिमका सदस्यहरु अञ्जन विष्ट, अनन्त तामाङ, एरिक विष्टलगायतलाई अनुबन्धन गरेको थियो । उनीहरुकै अब्बल प्रदर्शनमा चर्च बोइज च्याम्पियन बन्यो।